Friday, January 21, 2011

 Desktop Wallpaper · Backgrounds · Travels 
 Nepal, Kathmandu - Pashupatinath
काठमाडौं , माघ ६ - एक सय ९२ देशका चार हजार ५ सय मिनेटको फुटेजबाट एउटा ९० मिनेटको सिंगो वृत्तचित्र । छनोट र सम्पादनका लागि निक कठिन काम हो, यो । विश्वभरमा एउटा आममान्छेले एक दिनमा के गर्छ ? यहि आइडियामा आधारित यो भिडको वृत्तचित्र 'लाइफ इन अ डे' आगामी जनवरी २७ मा सन्ड्यान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पहिलोपटक प्रदर्शन गरिदैछ । उक्त महोत्सव अमेरिकाको युटा राज्यमा हुँदैछ ।
ती सबै फुटेजबाट २६ टुक्रा मात्र छानिए, जसमा नेपालको एउटा अंश पनि पर्‍यो । नेपालसहित यसमा अफगानिस्तान, इजिप्ट, इन्डोनेसिया, जापान, पेरु, रुस, स्पेन, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अमेरिका आदिका फुटेज छन् । चलचित्रको इतिहासमा यस्तो प्रयोग पहिलोपटक गरिएको हो ।
'लाइफ इन अ डे' को निर्माण यु ट्युब र स्कट फ्रि युके नामक संस्थाले गरेको हो । उसले विश्वभरमा सबैलाई आह्वान गर्दै गत वर्ष जुलाई ६ मा भन्यो, 'जुलाई २४ को २४ घन्टामा विश्वका जुन ठाउँ भए पनि आममानिस के गर्छ, त्यो क्यामरामा कैद गर्नुहोस् । जुलाई ३१ सम्म यु ट्युबमा अपलोड गर्नुहोस् । छानिएका फुटेजबाट एउटा सिंगो वृत्तचित्र बनाइनेछ ।' यो अवधारणा ल्याएका थिए, निर्देशकद्वय ओस्कार विजेता रिड्ली स्कट र केभिन म्याकडनल्डले । केभिनले यो वृत्तचित्रकै लागि गएको छ महिना पूरा समय काम गरेका छन् ।
छानिएका २६ फुटेजका निर्माता यस वृत्तचित्रका सहनिर्देशक बनाइएका छन् । सबै सहनिर्देशक सन्ड्यान्स फिल्म फेस्टिबलका लागि अमेरिका डाकिएका छन् ।
प्रकाशित मिति: २०६७ माघ ६ ०९:०७

hi

hi every body if you have any comments please lets me know that